भण्डारी र आश्रितका सपना पूरा गर्नुपर्छ : केपी ओली

काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा बुधबार मदननगर बल्खुस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दुई नेताले छोडेर गएको अभिभारा पूरा गर्नुपर्ने बताएका हुन् ।
‘मुलुक बनाउन बोकेका सपना पूरा गर्न नभ्याउँदै उहाँहरूको हत्या भयो,’ ओलीले भने, ‘त्यो सपना आज उहाँहरूका उत्तराधिकारी तपाईं÷हामीले पूरा गर्नुपर्नेछ ।’
उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राखे । उनले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गरे ।
एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उनको भनाइ थियो ।
मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरूले नेता भण्डारीको सालिकमा माल्यापर्ण गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


