शीलालेख तोडफोड गरेको आरोपमा पूर्ववडाध्यक्षसहित दुईजना पक्राउ

सिरहा, ३ जेठ । वडा कार्यालयको शीलालेख तोडफोड गरेको आरोपमा सिरहाका एक पूर्ववडाध्यक्षसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर–२ का पूर्ववडाध्यक्ष ज्ञानदिप दनुवार र सोही ठाउँ बस्ने श्याम सिंह दनुवार रहेका छन् ।
वडा नम्बर–२ मा निर्माण भएको वडा कार्यालयको शीलालेख तोडफोड गरेको आरोपमा वडाका पूर्ववडाध्यक्ष दनुवार र श्याम सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिए ।
उनीहरुले वर्तमान वडाध्यक्षले शीलालेखमा जग्गादाताको नाम नराखेको भन्दै शीलालेख तोडफोड गर्ने चेतावनी यसअघि नै दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


