जनकपुरधाम, ३ जेठ । महोत्तरी प्रहरीले दुईथान भरुवा बन्दुकसहित तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान रहेका छन् ।

राष्ट्रिय वन क्षेत्रमा शिकार खेल्न गएको बेला तीनैजनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

लालबहादुर र प्रेमबहादुरको साथबाट भरुवा बन्दुक बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनीहरु बन्दुक बोकेर सिकार खेलिरहेको जानकारी पाएपछि प्रहरीले पछ्याएको थियो ।

भाग्ने क्रममा पक्राउ गरेर उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।