काठमाडौं, २ जेठ । राष्ट्रिय परीक्षा बोर्डले तीनजना केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।

बोर्डले वैशाख २७ गतेदेखि सञ्चालन गरिरहेको कक्षा १२ को परीक्षामा तीनजना केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।

बोर्डले मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल सेकेण्ड्ररी स्कुलका केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै बर्खास्त गरेको छ ।

त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्कका केन्द्राध्यक्ष र कुमारी आवासीय मावि बौद्धका केन्द्राध्यक्षले परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।

बोर्डले सूचना जारी गर्दै तीनजना केन्द्राध्यक्षलाई कारबाही गरिएको जनाएको छ ।