भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २ जेठ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँले घटेर आएको जानकारी दिएका हुन् ।
हाल पेट्रोल प्रतिलिटर १७५ र डिजेल प्रतिलिटर १६५ रूपैयाँमा बिक्री भइरहेको छ ।
नयाँ मूल्य सूचीअनुसार नेपालमा पेट्रोल र डिजेलको बिक्री मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको ठाकुरले बताए ।
भारतीय आयल निगमले हरेक १५÷१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


