संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन : रवि लामिछाने

काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्न नहुने बताउँदै उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने बताए । समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्नेबारे पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनको सुझाब छ ।
वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको, तर संसदीय समितिले प्रमाण जुटाएर, निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस भएको भन्दै उनले समिति यसरी कर्मकाण्डी हुन नहुने बताए ।
‘कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ,’ उनले भने, ‘प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


