मधेस प्रदेश सभा बैठक आज बस्दै, खेलकुद विकास सम्बन्धी विधेयक प्रस्तुत गरिने

जनकपुरधाम, २ जेठ । मधेस प्रदेश सभाको बैठक आज बस्न लागेको छ ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले आज दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशनको नवौं बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
आजको बैठकमा मुख्यमन्त्री तथा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सरोजकुमार यादवले ‘प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा बैठकको पूर्वसन्ध्यामा सोमबार राति नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
नेकपा एमाले आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


