जनकपुरधाम, १ जेठ । धनुषा प्रहरीले लाखौं मुल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामानहरू बरामद गरेको छ ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ती टोलीले ५ लाख २३ हजार ४०० मुल्य बराबरको अवैध सामानहरू बरामद गरेको हो ।

प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याइएका विभिन्न किसिमका किराना सामग्री, लत्ताकपडा, ईलेक्ट्रोनिकका सामान र मोटरसाइकल ३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उनले बरामद गरिएका सामानहरू जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जानकारी दिए ।