मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

काठमाडौं, १ जेठ । मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने भएको छ ।
मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकोमा सरोकारवालाको सुझावअनुसार जेठ ५ गतेदेखि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुई हप्ताजति मर्मत कार्य भएपछि पुनः पानी पठाइनेछ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


