काठमाडौं, १ जेठ । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौं बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ परेको जानकारी गराएका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले सभामुखलाई जानकारी गराएको थियो ।

प्रहरीको पत्र लगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराए ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।