जसपाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसपाले सोमबार आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले २०७९ वैशाख २७ गतेको निर्णयबाट राजनीतिक दलहरुलाई निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन पार्टी कार्यालय, वेवसाइट, सञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन) सामाजिक सञ्जालमार्फत ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
आयोगको सोही निर्देशनअनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिमै सार्वजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


