मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एकको मृत्यु

सर्लाही, १ जेठ । सर्लाहीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत थिए ।
चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प २१९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।
ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


