बारामा आगलागीमा परेर एकै परिवारका ४ जना घाइते

बारा, १ जेठ । बारामा आगलागीमा परेर एकै परिवारका ४ जना घाइते भएका छन् ।
जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहामा आगलागीमा परी एकै परिवारका ४ जना घाइते भएका हुन् ।
घाइते हुनेमा श्रीमान श्रीमती र दुई छोरा रहेका छन् ।
लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, ४ वर्षीय छोरा छोटु यादव र ३ वर्षीय छोरा सन्दीप यादव जलेर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ ।
डीएसपी पाण्डेकाअनुसार आगलागीमा ४ लाख १० हजार बराबरको क्षति भएको छ । घाइतेहरुको उपचार वीरगन्जस्थित नारायणी अस्पतालमा भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


