पर्सा बजारमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३१ जना घाइते

पर्सा, १ जेठ । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
कलैयाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भएर खैरानी नगरपालिका–८ पर्सा बजारमा दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


