सर्लाहीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद

सर्लाही, ३१ बैशाख । सर्लाहीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ बरामद भएको छ ।
जिल्लाको मलंगवा नगरपालिका–८ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको १ हजार रुपैयाँको ७०० थान र ५ सय रुपैयाँको २०० थान नेपाली रुपैयाँ बरामद गरिएको हो ।
उनले रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


