सप्तरी, ३१ बैशाख । सप्तरीमा हत्या गरी फ्याकिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

आइतबार बिहान शम्भुनाथ नगरपालिका–२ बस्ने २४ वर्षीय मो. तफेजुलको शव रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा फेला परेको हो ।

युवकको शव फेला परेपछि घटनाको विरोध जनाउँदै स्थानीयवासीले घटनाको छानबिन गर्नुपर्ने माग गर्दै रुपनी राजविराज सडकखण्ड बिहानदेखि अवरुद्ध पारेका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।