दलित समुदायका किशोरलाई कुटपिट गरेको आरोपमा महोत्तरीबाट एकजना पक्राउ

महोत्तरी, ३१ बैशाख । दलित समुदायका किशोरलाई कुटपिट गरेको आरोपमा महोत्तरीबाट एकजना पक्राउ परका छन् । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–१ बस्ने ४० वर्षीय रामबिनेक यादव रहेका छन् ।
गाउँकै एक भोजमा १७ वर्षीय किशोर अविनाश पासवानलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
पीडितले जातीय छुवाछुत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्ध जाहेरी दिएका थिए । गत वैशाख २६ गते राति गौशाला नगरपालिका–१ का सुरतन यादवको आमाकोे शुद्धिभोजमा अविनाशलाई रामविनेकले कुटपिट गरेको आरोप छ ।
टेन्टको काम गर्दै आएका अविनाश स्थानीयसँगै भोज खाने लाममा बसेपछि तल्लो जात भएर किन उपल्लो जातसँग बसेर भोज खाएको भन्दै कुटपिट गरेका थिए ।
घटनापश्चात् विभिन्न संघसंस्थाले जातीय विभेद तथा कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई दबाब दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


