काठमाडौं, ३१ बैशाख । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदमा मर्यादित पोसाक लगाएर जाने सहमति भएको छ । सो सहमतिसँगै प्रतिनिधिसभा बैठकमा सांसदहरूले भड्किलो कपडा लगाएर जान नपाउने भएका छन् ।

केही दिनअघि रास्वपाकी एक सांसदले संसद बैठकमा जाँदा भड्किलो पोसाक लगाएको भन्दै चौतर्फी चर्चा भएको थियो । आइतबारको सहमतिसँगै अब सांसदहरूले टी–सर्ट, जिन्स पाइन्ट र अन्य भड्किलो कपडा लगाउन नपाउने भएका हुन् ।

सांसदहरूको पोसाकबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले मर्यादित पोसाक लगाउन आग्रह गरेका थिए । उनले सकेसम्म आफ्नो संस्कृति झल्किने कपडा र त्यसमाथि कोट लगाउन सभामुखले प्रस्ताव गरेका हुन् ।