हेटौंडा उपमहानगरले जनस्तरबाट माग्यो बजेटमा सुझाव

हेटौंडा, ३१ बैशाख । हेटौंडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ ।
उपमहागनरपालिकाले सुझाव संकलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ ।
‘हेटौंडा नगरको विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने भएकाले आगामी नीति तथा कार्यक्रम तथा बजेटप्रति नगरवासीको धारणा एवं महत्वपूर्ण सुझाव क्यूआर कोडमार्फत संकलन गर्ने निर्णय लिएको छ’, सूचनमा भनिएको छ ।
उपमहानगरपालिका प्रमुख मीना लामाले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा जोड दिने बताइन् । उपमहानगरले हाल विभिन्न चरणमा विभिन्न विषय गत समिति, शाखा र महाशाखाबाट बजेट निर्माणका विषयमा छलफल गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


