लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न एमालेको माग

काठमाडौं, ३० बैशाख । नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार सुरु भएर शनिबार सम्पन्न भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको हो ।
प्रस्तावको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेको छ । यो प्रकरणमा एमालेले सचिव टोपबहादुर रायमाझीबारे केही उल्लेख गरेको छैन ।
एमालेले सुरुदेखि दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्दै आएको उल्लेख गर्दै राज्यका वैधानिक निकायबाट गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


