बालकृष्ण खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

रुपन्देही, ३० बैशाख । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले शनिबार प्रदर्शन गरेको हो ।
खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


