एमालेको केन्द्रिय कमिटी बैठकमा संघीयताबारे छलफल नै भएन

काठमाडौं, ३० बैशाख । नेकपा एमालेले पार्टी केन्द्रिय कमिटी बैठकमा संघीयताबारे छलफल नभएको स्पष्ट पारेको छ ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाए ।
बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताए ।
ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताए ।
बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझाबका आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


