काठमाडौं, ३० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनाको पिसिआर र २ हजार १६७ जनाको एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा १४ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ९१ हजार ५९ पुगेको छ ।

हाल देशभर कोरोनाका १२६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।