भारतका बौद्ध धर्मगुरु रिन्पोछे तीनदिने नेपाल भ्रमणमा

काठमाडौं, ३० बैशाख । भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीनदिने नेपाल भ्रमणमा आएका छन् । उनी बौद्ध धर्मअन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आएका हुन् ।
उनी नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन् ।
उनी भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आएको बौद्धनाथ क्षेत्र विकास समितिले जानकारी दिएको छ । रिन्पोछेले ०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गरेका थियो ।
नेपाल भ्रमणका क्रममा उनले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


