रौतहट, २९ बैशाख । रौतहट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका युरिया मल बरामद गरेको छ ।

जिल्लाको राजपुर नगरपालिका वडा नम्बर–५ बाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा एक हजार भन्दा बढी बोरा युरिया मल बरामद गरेको हो ।

शुक्रबार दिउँसो १ बजे राजपुर नगरपालिका–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।

प्रहरीले बरामद गरेको युरिया मल आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।