काठमाडौं, २९ बैशाख । आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृषिविज्ञ मदन राईलाई पक्राउ गरेको छ ।

राईलाई शुक्रबार बिहान खोटाङ प्रहरीले शुभम् फाउन्डेसनबाट पक्राउ गरेको हो ।

राईमाथि शुभम फाउन्डेसनले सञ्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले राईलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘उहाँलाई फाउन्डेसनबाटै पक्राउ गरिएको हो । थप अनुसन्धान हुँदैछ । लिखित र मौखिक उजुरी आएका छन्,’ उनले भने ।

राईमाथि आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्ने/गर्न लगाउनेलगायत आरोप लागेको छ ।