सर्लाही, २९ बैशाख । सर्लाहीको एक विद्यालयबाट लाखौंका सरसामानहरु चोरी भएको छ ।

जिल्लाको हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित राष्ट्रिय आधारभुत विद्यालयबाट १० थान कम्प्युटर र खेलकुदसहितका सामानहरु चोरी भएको हो ।

विद्यालयका प्रधानाध्यापक हरिनारायण महतोले करिब १५ लाख बराबरको सामानहरु चोरी भएको जानकारी दिए ।

यता, विद्यालयमा भएको चोरीको घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।