बारा, २९ बैशाख । बारामा पिकअपको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा पर्साको कालिकामाइ गाउँपालिका– २ बस्ने ५२ वर्षीय नागेन्द्र महतो नुनियाको मृत्यु भएको हो ।

प्रदेश २–३–००१–च २४५२ नम्बरको पिकअपले ठक्कर दिँदा ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान वीरगञ्बाजबाट काठमाडौँका लागि छुटेको बसमा सवार नुनियाले झ्यालबाट टाउको बाहिर निकाल्दा विपरित दिशाबाट आउँदै गरेको पिकअपले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।