मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाको पनि दाबी : महन्थ ठाकुर

जनकपुरधाम, २८ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने माग गरेका छन् ।
बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएसरह मधेस प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष ठाकुरले मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए । गठन्धनको मर्मअनुसार मधेस सरकारको नेतृत्वमा अब लोसपाकै पालो हुनुपर्ने ठाकुरको भनाइ थियो ।
उपनिर्वाचन अगाडि नै मधेस प्रदेशको सरकारका विषयमा दलहरुबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेस सरकार परिवर्तन हुने दाबी गरे ।
अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताए । अध्यक्ष ठाकुरले जनकपुरधाममा मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिक निर्माण हुनुपर्ने मागसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


