मधेस प्रदेश : विभिन्न ऐन तथा प्रस्तावहरुमाथि छलफल गर्दै स्वीकृति प्रदान

जनकपुरधाम, २८ बैशाख । मधेस प्रदेश सरकारले विभिन्न ऐन तथा प्रस्तावहरुमाथि छलफल गर्दै त्यसलाई स्वीकृति प्रदान गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय सेवा सञ्चालन सम्बन्धी ऐन स्वीकृत गर्नुका साथै अर्थ मन्त्रालयको तर्फबाट पेश गरिएको प्रदेश सार्वजनिक खरिद नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गरिएको हो ।
मधेस सरकारका प्रवक्ता अर्थमन्त्री संजयकुमार यादवले मन्त्रीपरिषद् बैठकले महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको प्रदेश युवा परिषद् तर्जुमा सम्बन्धी ऐनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएकोसमेत जानकारी दिए ।
उनले प्रदेश बालिका संरक्षण सम्बन्धी ऐन स्वीकृत गर्नुका साथै प्रदेश बाल अधिकार ऐन २०७७ लाई संशोधन गर्ने प्रस्तावको स्वीकृति प्रदान गरिएको बताए ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सवारी तथा यातायात व्यवस्था विधेयक २०८० लाई स्वीकृति प्रदान गरिएको प्रवक्ता यादवले जानकारी दिए ।
उनले विगतमा जति पनि विधेयकमा जहाँपनि ‘प्रदेश नम्बर–२’ भने शब्दावली प्रयोग गरिएको थियो, त्यसलाई परिमार्जन गरेर अबदेखि ‘मधेस सरकार’ हुने गरि बैठकले कडाईका साथ अगाडि बढ्ने निर्णय गरिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


