नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार ढल्दैन : मन्त्री किराती

काठमाडौं, २७ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका हुन् ।
सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको भन्दै उनले यो अभियान नरोकिने स्पष्ट पारे । भ्रष्टाचारविरुद्धको अभियानलाई पूर्णविराम लगाउनेउपर प्रश्न उठ्ने भन्दै उनले सरकारले दूधको दूध पानीको पानी भएर आफ्नो भूमिका देखाउने दाबी गरे । भ्रष्टाचारविरुद्धको अभियानबाट भागेर सरकार ढाल्नु सम्भव नभएको उनको भनाइ छ ।
‘यो सरकार जसले भ्रष्टाचारको विरुद्धमा जेहाद छेडेर जान्छ । त्यसलाई जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ,’ मन्त्री किरातीले भने, ‘त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दैढल्दैन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


