काठमाडौं, २७ बैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा थुप्रै समस्या रहेको र कमिशन तथा भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । उनले कमिशनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए ।

उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताए ।