भ्रष्टाचारविरुद्धको अभियानमा खुट्टा नकमाउन गृहमन्त्रीसँग कांग्रेस नेताहरूको आग्रह

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरी भ्रष्टाचारविरुद्धको अभियानमा खुट्टा नकमाउन आग्रह गरेका छन् ।
गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कसैलाई पनि उम्कन नदिन आग्रह गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रन्जित कर्णलगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई अघि बढाउन आग्रह गरेका हुन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने भएकाले सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाएका थिए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार बिहान मात्रै प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


