प्रहरीले बालकृष्ण खाँणलाई पक्राउ गरेपछि रविले सरकारलाई दिए धन्यवाद

काठमाडौं, २७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले बुधबार बिहान पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि सभापति लामिछानेले सरकारलाई धन्यवाद दिएका हुन् ।
उनले यो शिलशिला रोकिन नहुने पनि बताएका छन् । ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस्,’ उनले फेसबुकमा लेखेका छन् ।
भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँण बुधबार बिहान पक्राउ परेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


