विदेशबाट फर्किने नेपालीलाई दुई थानसम्म मोबाइल ल्याउन दिइने

काठमाडौं, २६ बैशाख । मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।
१५ पुसदेखि एमडिएमएस प्रणाली लागू गर्दै एक थान मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था गरिएको थियो । सो निर्णयको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडिएमएस प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।
सोमबारको बैठकले एमडिएमएस प्रणाली लागू गर्ने तर विदेशबाट फर्किने नागरिकले थप एक थान मोबाइल ल्याउन पाउने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


