नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं, २६ बैशाख । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको जानकारी दिए । केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ ।
यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


