काठमाडौं, २६ बैशाख । पशुपति आर्यघाटमा अबदेखि शव जलाउँदा शुल्क नलाग्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्यघाटको विद्युतीय शवदाह गृहमा निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

थप विद्युतीय शव दाहगृहको व्यवस्था गरी पशुपति क्षेत्र विकास कोषले दाहसंस्कार निःशुल्क गर्न लागेको उनले बताए ।

पशुपतिमा हाल दुईवटा विद्युतीय शवदाह गृह रहेका छन् । अब सोही स्थानमा चारवटा शवदाह गृह निर्माण गरिने मन्त्री किरातीले बताए ।

पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा शव जलाउँदा चार हजार रुपैयाँ शुल्क तोकिएको थियो ।