पक्राउ गर्ने चेतावनी दिएपछि पूर्वगृहमन्त्री खाँण आफैं प्रहरीसमक्ष पुगे

काठमाडौं, २६ बैशाख । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्ने चेतावनी दिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफैँ काठमाडौं प्रहरी परिसर पुगेका छन् । खाँण सोमबार साँझ आफैँ बयानका लागि काठमाडौं प्रहरी परिसर पुगेका हुन् ।
पक्राउ परेका व्यक्तिले उनको नाम लिएपछि प्रहरीले उनलाइ सोधपुछका लागि बोलाएको थियो । सुरुमा उनले आनाकानी गरेपछि प्रहरीले पक्राउ गर्ने चेतावनी दिँदा उनी आफैँ परिसर पुगेका हुन् ।
सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको इच्छाअनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको बयान दिएका थिए ।
सोमबार साँझको बयानमा खाँणलाई प्रारम्भिक रूपमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ । सोधपुछपछि ‘बयान कागज’ गराएर छाडिएको प्रहरी स्रोतको भनाइ छ । खाँणलाई प्रहरीले चाहेको बेला उपस्थित हुने गरी कागज गराएर छाडेको खुलेको छ ।
इस प्रकरणमा प्रहरीले हालसम्म ८ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


