शिवशक्ति माविका शिक्षक तथा कर्मचारीहरु आन्दोलित

जनकपुरधाम, २६ बैशाख । धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।
नमूना अनुदान र निजी स्रोतका शिक्षक तथा कर्मचारीहरु विगत लामो समयदेखि तलबभत्ता नपाएको भन्दै बैशाख अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
यसअघि पहिलो चरणमा उनीहरुले बैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।
पटक पटक तलब भत्ता माग गर्दा समेत बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।
२०७८÷०७९देखि हालसम्मको तलब भत्ता नपाएको उनीहरुको गुनासो छ । यसले जीवन यापन गर्न समेत संकट भएको दुखेसो शिक्षहरुको छ ।
वैशाख १२ गते शिक्षक तथा कर्मचारीहरु विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटलाई ज्ञापन बुझाउँदै यथाशिघ्र माग पुरा नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनीसहितको ज्ञापन पत्र बुझाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


