प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

काठमाडौं, २५ बैशाख । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ ।
सोमबार बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिए ।
कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।
चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए ।उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


