अर्थसचिव पोखरेल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं, २५ बैशाख । अर्थसचिव अर्जुन पोखरेल नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका छन् ।
पोखरेल केही दिनअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । यसअघिका अर्थसचिव तोयम रायलाई सरुवा भएपछि पोखरेल अर्थसचिव बनेका थिए ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
सोही बमोजिम सोमबार पोखरेलले कायममुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


