उपराष्ट्रपति यादवसँग राजदूत सङ्को शिष्टाचार भेटवार्ता

काठमाडौं, २५ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा सोमबार भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो ।
भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने बताएका थिए ।
सो क्रममा राजदूत सङले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


