काठमाडौं, २५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९३१ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४७ रहेको बताइएको छ ।