काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले भ्रष्टाचारको विषयमा बोल्न खोज्दा आफूलाई समय नदिइएको बताएका छन् ।

बैठक चलिरहँदा संसदबाट बाहिरिएका सिंहले आफूले अन्तिम विकल्पका रूपमा त्यस्तो गरेको बताए ।

आफू नौलो सांसद नभएको उल्लेख गर्दै उनले नेपाली जनताले भ्रष्टाचारका कारण हरेक दिन दुःख भोग्नु परिरहेको बताए ।

सांसद सिंहले प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्न नदिएकोले लुगा फुकाल्दै अर्धनग्न भएर विरोध जनाएका थिए ।