सिंहको स्वास्थ्य जाँच गर्न एमालेको माग

काठमाडौं, २५ बैशाख । नेकपा एमालेले स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्न माग गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको विरोधमा अर्धनग्न भएपछि एमालेले सिंहको स्वास्थ्य जाँच गर्न माग गरेको हो ।
संसदको आकस्मिक समयमा बोल्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले भने, ‘समाभुख महोदय संसदमा जे गतिविधि देखा परेको छ । यो लाजमर्दो छ । उहाँ माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु ।’
सभामुख देवराज घिमिरेको विरोध गर्दै सांसद सिंहले आफ्नो कोट, सर्ट र गन्जी खोलेर अर्धनग्न भएका थिए ।
त्यसपछि सभामुख घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लील र अपमानजनक व्यवहार नगर्न अनुरोध गरे । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनीपछि भने उनी आफ्नो स्थानमा बसे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


