परराष्ट्र मन्त्रालयका एक कर्मचारी पोखरामा मृत फेला

काठमाडौं, २५ बैशाख । परराष्ट्र मन्त्रालयका एक कर्मचारी पोखराको वेगनाश तालमा मृत फेला परेका छन् ।
मन्त्रालयमा नायव सुब्बा पदमा कार्यरत विराटनगरका ३१ वर्षीय अनुप भण्डारी सोमबार बिहान पानीमा तैरिरहेको अवस्थामा फेला परेका हुन् ।
परिवारका अनुसार बिहान १० बजे कार्यालयका लागि काठमाडौंस्थित डेराबाट निस्किएका उनी दिउँसो आफू पोखरा घुम्न आइपुगेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


