सांसद सिंह संसद बैठकमै अर्धनग्न

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेको र सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
संसद बैठकमा सांसद सिंह अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे ।
सभामुखले कारबाहीको चेतावनी दिएपछि भने सांसद सिंहले शान्त रहे ।
उनको क्रियाकलापको अरू सांसदले आलोचना गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


