काठमाडौं, २५ बैशाख । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सांसद सिंहको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सर्लाहीका विकास ठाकुरले उनीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

ठाकुर नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य हुन् । उजुरीमा ठाकुरले पदीय शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाए ।

सर्लाहीबाट आर्थिक चलखेलले पटक÷पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको उनीमाथि आरोप लगाइएको छ ।

‘२०६३ सालबाट एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ । निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्त्वपूर्ण विषय हो’, उजुरीमा भनिएको छ ।