कांग्रेसले युवालाई पनि दियो नेतृत्व गर्ने अवसर

जनकपुरधाम, २४ बैशाख । नेपाली कांग्रेसले युवाहरूलाई पनि नेतृत्व गर्ने अवसर प्रदान गरेको छ ।
कांग्रेसले आइतबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यबाहक नगर सभापति पदमा युवा नेता राकेश विक्रम साहलाई मनोनयन गरेको हो ।
नेपाली काँग्रेस धनुषा क्षेत्र नम्बर-३ को क्षेत्रीय कार्यसमितिको निर्णय अनुसार युवा नेता साहलाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ ।
साहले समग्र पार्टीलाई आधुनिकिकरण र संगठन उन्नयनमा अझ बढी क्रियाशिल हुने अपेक्षा गरिएको हो ।
यसैबीच, युवा नेता साहले आफूले पाएको जिम्मेवारीबाट एक कदम पनि पछाडि नहट्ने र आगामि दिनमा पार्टीलाई जनकपुरधाममा अझ बढी सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
क्षेत्रीय कार्यसमितिले आफूलाई यस योग्य सम्झेकोमा उनले सम्पूर्ण कार्यसमितिका पदाधिकारी र पार्टीको नेतृत्वपंक्तिलाई धन्यवाद व्यक्त गरेका छन् ।
पार्टीको कामलाई अघि बढाउन नै आफूले कार्यबाहक सभापतिको जिम्मेवारी पाएकोले सदैब निष्पक्ष भएर काम गर्ने साहले बताए ।
नेपाली कांग्रेसले आइतबार नै धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिकाको नगर कार्यबाहक सभापतिको जिम्मेवारी संजित कुमार यादवलाई दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


