तथ्यमा आधारित भएर आलोचना गर्न आरजुको आग्रह

काठमाडौं, २४ बैशाख । कांग्रेस सांसद आरजु राणा देउवाले तथ्यमा आधारित भएर आफ्नो आलोचना गर्न आग्रह गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राणाले नक्कली शरणार्थी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेकी हुन् ।
नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको खण्डन गर्दै उनले महिलाहरु राजनीतिमा आएको विषय सह्य नभएका कारण यस्ता कुरा उठाइएको आरोप लगाइन ।
उनले भनिन्, ‘एउटी नारीले राजनीति गरेको सह्य नहुने रहेछ यहाँ । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरुले भनेको मात्र भाष्य हामीले बोल्नुपर्ने, उनीहरुले भनेको मात्र हामी एक्सरसाइज गर्नुपर्ने ? त्योभन्दा अलि आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई त्यो असह्य हुने यो परिस्थिति यहाँ बनेको छ । नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रुपमा यस्तो छ । त्यसको विरोधमा हो हामीले यो संविधान लेखेको ।’
आफ्नो सम्पत्ति विवरण राज्यसँग सुरक्षित रहेको दाबी गर्दै उनले जसले जति आलोचना गरे पनि आफूले केही नबिराएकाले नडराउने उल्लेख गरिन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


